मुख्यमन्त्री राईद्वारा दुई ठूला आयोजनाको शिलान्यास

| 2019 Dec 02 | 07:07 am 53

भोजपुर, मंसिर १६: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गरेका छन् । उनले बालागुरु षडानन्दको १८५औँ जन्मजयन्तीको अवसरमा ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आइतबार शिलान्यास गरेका हुन् ।

मुख्यमन्त्री राईले बजेटको कारण काममा बाधा नपुग्ने बताए। “बजेटका कारण काममा समस्या हुन्छ की भन्ने चिन्ता गर्नु पर्दैन्, बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ”, उनले भने । आयोजनाको काम तीव्र गतिमा अघि बढाउनतर्फ ध्यान दिन उनले आग्रह गरेका छन्।

स्थानीय सरकारले गर्न नसक्ने सबै कामको जिम्मा प्रदेश सरकार लिन तयार रहेको मुख्यमन्त्री राईले बताए । भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकाले त्यसका लागि पहल गरिरहेको मन्त्री राईको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.