मुख्यमन्त्री गुरुङद्वारा पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त

| 2021 Jan 11 | 09:05 am 149

कास्की, पुस २७ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् ।

साेमबार एक  प्रेस विज्ञप्तिमार्फ उनले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गरेका छन् ।

मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक सङ्घर्षमार्पmत हामी अहिले सङ्घीय लोकतान्तिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उनले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.