मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने अध्यक्ष प्रचण्डकाे भनाई

रिपोर्ट नेपाल | 2019 Jun 12 | 03:22 pm 38

चितवन, जेठ २९: देशभर मिडिया काउन्सिल विधेयक र गुठी विधेयककाे सर्वव्यापी रूपमा विराेध भइरहेकाे बेलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवादित विधेयक परिमार्जन हुने बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई  सम्बाेधन गर्ने क्रममा  दाहालले मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेर अगाडि लैजानु पर्छ भन्ने अभिव्यक्ति राखेका छन् । गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्ने धारणा राखे ।

चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित सासंद पनि रहेका नेता दाहालले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको पनि स्वीकार गरे । विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा दहालको जवाफ थियो, जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो । सरकार र पार्टी यसमा सतर्क भएको छ । र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.