माेटरसाइकल दुर्घटनामा प्रहरी नायब निरीक्षककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 28 | 08:44 pm 59

इलाम, असाेज ११ शनिबार माेटरसाइकल दुर्घटनामा परी इलाममा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१ सुनसरी घर भएका रवि मगर रहेका छन् ।

उनी इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक हुन् । बरबोटे–सुम्बेक सडकखण्डको छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे प्रहरीले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक मगर आफैंले मोटरसाइकल चलाएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले  बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.