मालबाहक ट्रक दुर्घटना हुँदा सल्यानमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 11 | 12:06 pm 144

सल्यान, पुस २६ः गएराति सल्यानमा मालबहाक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ४ ख ८८७० नम्बरको ट्रक पल्टिँदा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षीय रविन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका–४ कोलखोला भाटमारे नजिकै दुर्घटजन हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो ।

विक उक्त ट्रकको चालक रहेको बुझिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.