माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाई

| 2022 Apr 03 | 11:47 am 205

काठमाडौँ चैत २०: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको कारवाहीको सूचना जारी नगरेपछि एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सो रिट निवेदनमाथि सर्वोच्चले आजदेखि सुनुवाइ गर्न लागेको हो । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई एजेण्डा बनाएर लामो समयदेखि प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.