माक्स प्रयोग नगरी हिड्ने १ सय जना प्रहरी कारवाहीमा

रिपोर्ट नेपाल | 2020 Aug 01 | 06:01 pm 55

तनहुँ, साउन १७ः हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम
तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउदै आएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा
परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागि प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यवक्तहरुलाई कारबाही गरेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा कारवाही अभियान चलाई शनिबार
माक्सको प्रयोग नगरी हिड्ने १ सय जनालाई प्रतिव्यक्ती १ सय का दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पुर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरिए प्रहरी कार्यालय तनहुँले जानकार दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.