माक्स प्रयोग नगरी हिड्ने ५८ जना प्रहरी कारवाहीमा

रिपोर्ट नेपाल | 2020 Jul 31 | 08:55 pm 61

तनहुँ, साउन १६ः हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउँदै आएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागी प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा कारवाही अभियान चलाएको हो ।

त्यसै क्रममा शुक्रबार माक्सको प्रयोग नगरी हिड्ने ५८ जना व्यक्तिलाई प्रतिव्यक्ती १ सयका दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पुर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरी पठाइएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

मध्यरातमा मोटरसाइकलमा आगो लगाई फरार एक पक्राउ

मंगलबार राती करिब ११ः४५ बजेको समयमा जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं ३ परासरटोल स्थित सन्तोष पौडेलको ग ६ प ९७१४ नं को मोटरसाइकलमा आगो लगाई फरार भएका थिए ।

पहिचान हुन नसकेका व्यक्तिको सुक्ष्म रुपमा अनुसन्धान गरी प्राप्त हुलियाको आधारमा उक्त कार्य गर्ने
व्यक्तिको पक्राउ गरेको छ ।

हुलिया पत्ता लगाई हुलियासँग मेल खाने व्यक्तिको खोजी कार्यलाई तिब्रता दिई सिभिल प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार
रहेका जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं। ४ मस्जितटोलका १८ वर्षीय सोनु नेपालीलाई पक्राउ गरेको हो ।

खोजतलास गर्ने क्रममा बिहीबार बेलुकी तनहुँ व्यास नगरपालिका वडा नं ४ बाट लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराई आपराधिक उपद्रो गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.