माक्स प्रयोग नगरी हिड्ने ७२ जना प्रहरी कारवाहीमा

रिपोर्ट नेपाल | 2020 Jul 30 | 10:06 pm 49

तनहुँ, साउन १५ः हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउदै आएकोमा पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएको छ ।

त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागि प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाउने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा कारवाही अभियान चलाएको हो ।

यसै क्रममा बिहीबार माक्सको प्रयोग नगरी हिड्ने ७२ जना मानिसहरुलाई प्रतिव्यक्तिर १ सयका दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पूर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.