माओवादी केन्द्रले सखुवानान्कारकट्टी गाउँपालिकामा गरे उम्मेदवारको नाम सार्बजनिक

रिपोर्ट नेपाल | 2022 Apr 24 | 10:32 am 1401

माओवादी केन्द्रले सखुवानान्कारकट्टी गाउँपालिकामा गरे उमेदवारको नाम सार्बजनिक

महेश सिंह सिरहा, बैशाख ११ः सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रका नेताहरु चुनावी प्रतिस्पर्धामा आउँन घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। माओवादी केन्द्रले स्थानीय चुनावमा भागलिने उम्मेदवारहरुको नाम सार्बजनिक गरेका छन्।

निर्वाचन आयोगले बैशाख ११ गते देखि चुनावमा भाग लिने राजनीति दलहरुलाई निर्वाचन कार्यालयमा दल दर्ता र उम्मेदवारहरुको उममेदवारी दिन भेला सुरु भएको छ।

सिरहामा १७ वटा स्थानीय तहका विभिन्न राजनीति पार्टीका उम्मेदवारहरुले पाईक पर्ने निर्वाचन कार्यालयमा उम्मेदवारी दिन ब्यस्त रहेका छन्। माओवादी केन्द्रका सखुवानान्कारकट्टी गाउँपालिकामा चुनावमा भाग लिने उम्मेदवारहरुको नामावली सर्बजनिक गरेका छन्।

पालिका अध्यक्षमा हरिनन्दन यादब, उपाअध्यक्षमा उषा कर्ण, वडा नम्बर १ को अध्यक्षमा अरबिन्द कुमार चौधरी, वडा नम्बर २ को अध्यक्षमा परिक्षण महतो, वडा नम्बर ३ मा बिद्यानन्द चौधरी, वडा नम्बर ४ को अध्यक्षमा शिबनरायण पण्डित र वडा नम्बर ५ को अध्यक्षमा सुरेश कुमार चौधरीलाई उम्मेदवारको टिकट दिएको माओवादी केन्द्रका नेता तथा गाउँपालिका संयोजक आशानन्द यादवले बताए।

सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादीले पनि बैकल्पिक शक्तिको रूपमा अगाडि बढीरहेको नेता संयोजकले इच्छा जाहेर गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.