महिला मानव अधिकार रक्षकहरुको अन्तरक्रिया सम्पन्न

रिपोर्ट नेपाल | 2019 Nov 30 | 02:16 pm 67

  • महेश सिंह

सिरहा, मंसिर १४: ओरेक नेपाल, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजाल सिरहाको आयोजनामा महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक जिल्ला स्तरिय अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गोलवजारको अतिथि सदनमा आयोजना गरिएको थियो । समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो ।

महिला अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष जिवछी यादवको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि गोलवजार नगरपालिकाको मेयर देबनाथ साह, अन्य अतिथिहरुमा जिल्ला भरिको महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मी र निर्वाचित जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साहले मन्तव्य राख्दै महिला हिंसाका घटना दिनदिनै भइरहेको छ । महिला अधिकारकर्मीले काम पनि गरिरहेका छन् तर उनीहरुलाई काम गर्दा जोखिम हुने हुँदा यसका लागि गोलबजार नगरपालिकाले सचेतनामूलक कार्यक्रम गर्नेछ र महिला अधिकारकर्मीलाई जोखिमबाट बचाउन सुरक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले आफूले महिलाको लागि काम गर्न महिला समूह देखि संजाल सम्मको नेतृत्व गर्दै अहिले जनप्रतिनिको रुपमा काम गर्दैछु । तर पनि महिलाका लागि काम गर्नेको लागि चुनौती महिला अधिकारकर्मी हुँदा र न्यायिक समिति संयोजक भएर काम गर्दा उस्तै लागेको बताए ।

उक्त कार्यक्रममा महिला अधिकार रक्षकको बारेमा ओरेक नेपालकी केन्द्रीय सदस्य श्याम कुमारी साहले कार्यक्रमको बारेका प्रकाश पारेका थिए ।

महिला मानव अधिकार रक्षक दिवसको अवसरमा गरिएको कार्यक्रमको दोस्रो सत्रमा संजालको पाँचौं अधिवेसन तथा वार्षिक साधारण सभा गरिएको थियो । उक्त अधिवेशनबाट महिला अधिकारकर्मी रेणु कर्णको अध्यक्षतामा १७ सदस्यको कार्य समिति चयन गरिएको ओरेक नेपालकी कार्यक्रम अधिकृत देवकककुमारी महराले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.