महारानीको राजनीति

रिपोर्ट नेपाल | 2022 May 11 | 01:27 pm 469

पार्टी सभापतिका रूपमा देउवाको यो कार्यकाल आफ्नी पत्नीलाई पार्टीको केन्द्रबिन्दुमा स्थापित गरी पुत्र तयार नहुन्जेलसम्मका निम्ति पार्टी र राज्यसत्ताको बागडोर पत्नीमा सीमित गर्ने कार्ययोजनाका निमित्त हो ।
  • देवप्रकाश त्रिपाठी

विभिन्न जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गरी भूतपूर्व प्रजातन्त्रवादी पार्टी काङ्ग्रेसको पक्षमा जनमत बढाउने उद्देश्यका साथ सक्रिय एक ‘हाइप्रोफाइल’ महिलाको चर्तिकला यसपटक सबै नेपालीले महसूस गर्न पाए । एउटा भाग्यशाली नेताको शयन कक्षको शोभा बढाइदिने जस्तो ‘महानतम् योगदान’ दिएर देशमा आफ्नो पहिचान बनाउन सफल ती महिलाका पतिले २०७२ साल माघ महिनाको कुनै दिन उनकै निवासमा भएको भेटवार्ताका क्रममा ‘काङ्ग्रेसमा मेरी श्रीमती जस्तो योग्य र क्षमतावान अरु कसैलाई देख्नुएको छ’ भन्ने प्रश्न गर्दै जवाफ समेत उनैले दिएका थिए- ‘कोही पनि छैन, मेरो उत्तराधिकारी बन्ने क्षमताका मानिस मेरै श्रीमतीबाहेक काङ्ग्रेसमा कसैलाई देख्दिनँ ।’ भाग्यमानी नेताको दुर्भाग्यपूर्ण निष्कर्श सुनेर यो पङ्क्तिकार त्यसबेला स्तब्ध भएको थियो । आफ्ना पितालाई बलवान्, आमालाई सर्वश्रेष्ठ, पत्नीलाई वफादार र सन्तानलाई प्रिय तथा निर्दोष ठान्नु आम मानिसमा निहित सामान्य मनोवैज्ञानिक गुण हो । तर असामान्य भूमिका या जिम्मेवारीका मानिसमा समेत यस्तै प्रवृत्ति देखापऱ्यो भने बुझ्नुपर्छ- ‘यस्तो मानिस उच्च र सार्वजनिक जिम्मेवारीका निम्ति उपयुक्त हुनै सक्दैन, कदाचित्त त्यस्ता व्यक्ति उच्च जिम्मेवारीमा पुगे भने तिनले विनास र विपत्तिबाहेक थप केही निम्त्याउन सक्दैनन् ।’

कसैले कुनै विषयमा विद्यावारिधि गर्नु सम्वद्ध व्यक्ति र समाज दुवैका निम्ति सुखद पक्ष हो । खास विषयमा कुनै नागरिकले विशेषज्ञता हाशील गर्दा त्यसको लाभ मुलुकले पनि प्राप्त गर्न सक्छ । तर विद्यावारिधिका विषयमा यहाँ धेरैमा भ्रम रहेको देखिन्छ । झिँगाका विषयमा पिएचडी गर्नेले समाजका बारेमा समेत दखल राख्न सक्ने यहाँ ठानिन्छ । प्रकृति, वातावरण, राजनीति, अर्थशास्त्र, विकास र न्यायका विषयमा जान्न सोही विषयमा विद्यावारिधि गरेको या गहिरो अध्ययन गरेको हुनुपर्छ भन्ने हेक्का राखिँदैन नेपालमा । भाग्यमानी नेताकी पत्नीले पनि नामका अघिल्तिर ‘डा.’ विशेषण लगाउँछिन्, भलै तिनले के विषयमा विशेषज्ञता हाशील गरेकी होलिन् भन्ने चासो आम मानिसमा देखिएको छैन र स्वयम् उनले पनि आफ्नो ज्ञान-क्षमताद्वारा त्यसको पुष्टि गर्न सकेकी छैनन् । यसपटक स्थानीय चुनाव प्रचारको क्रममा नेतापत्नीबाट निसृत वाणीहरूले उनको योग्यता, क्षमता र नियतको राम्रैसँग उजागर गरिदिएको छ । विभिन्न स्थानमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै निज नेतापत्नीबाट अभिव्यक्त विचारको मजबुन यस्तो छ- ‘कुनै निर्वाचनमा विजयी बन्न त्यस्ता पात्र मात्र उपयुक्त हुन्छन्, जसले सचिवको जिम्मेवारीमा रहेका कर्मचारीलाई चिनेका हुन्छन् र, जो सिंहदरबारभित्र जताततै चाहार्न सक्ने क्षमता राख्छन् । जसमा युवाहरूलाई कामदारका रूपमा वैदेशिक रोजगारीमा पठाउन सक्ने क्षमता छ ।’ ती महिलाका विचारमा त्यसरी युवाहरूलाई वैदेशिक रोजगारमा पठाउन सक्नु निकै महान् र साहसिक कार्य हो । त्यस्तै उनले आफ्नो पार्टीले नजितेको पालिकामा केन्द्रीय तहबाट बजेट नपठाइने चेतावनी दिएर प्रजातन्त्र र कानूनी शासनबारेको आफ्नो बुझाइ पनि छर्लङ्ग पारिदिएकी छन् ।

नेतापत्नीका अभिव्यक्तिले उनको विद्यावारिधीय ज्ञानको स्तर मात्र उजागर गरेको छैन, उनले प्रजातन्त्र र कानूनी शासनको बाह्रखरी पढ्न बाँकी भएको सङ्केत पनि दिएको छ । जनताले आफूद्वारा निर्भयका साथ चुनिएका प्रतिनिधिद्वारा शासन हुने कानूनी निरङ्कुशतासम्पन्न राजनीतिक प्रणालीलाई प्रजातन्त्र भनिन्छ भन्ने तथ्य बुझ्न बाँकी त्यस्ता मान्छेले राजनीतिमा रुचि किन राख्नु, चुनावी सभाहरूमा सहभागिता किन जनाउनु ?

कुनै खास निर्वाचन क्षेत्र या गाउँ-शहरबाट कुन पार्टीलाई कति मत प्राप्त हुन्छ भन्ने कुराको पूर्व यकीन गर्न प्रजातन्त्रमा मुस्किल हुन्छ । परम्परागत मतदाताको बाहुल्य रहने देशमा मतदानको आधार ‘मुद्दा’ नबनेर केवल दल नै बनिरहेका हुन्छन् । जबसम्म दलकेन्द्रीत मतदान हुने र मुद्दाकेन्द्रित मतदान नहुने अवस्था कायम रहन्छ, तबसम्म देशले शान्ति, स्थायित्व, विकास र समृद्धिको आशा गर्नु पर्दैन ।

लाखौँ नेपाली युवा यतिबेला वैदेशिक रोजगारीमा छन् र स्वदेशमा रोजगारी उपलब्ध नहुनुको पीडा हरेक नेपाली परिवारले भोगिरहनुपरेको छ । त्यसैले नेपाललाई यो समयमा चाहिएको नेतृत्व युवाशक्तिलाई वैदेशिक रोजगारीबाट फर्काएर स्वदेशमै काम र माम दिन सक्ने स्तरको हो । तर सत्तारुढ दलको मूख्य नेतृत्वकै उत्तराधिकारी बन्ने स्वप्न-योजनामा रहेकी नेतृले विदेशिन बाध्य नेपालीलाई स्वदेशागमन गराउने योजना र बाचा प्रकट गर्नुपर्नेमा युवाहरूको विदेश पलायनलाई प्रोत्साहित गरिन् । यी महिला देशप्रतिको ममताबोध, जनताप्रतिको दायित्वबोध या प्रजातन्त्रप्रतिको निष्ठाका कारण राजनीतिमा जोडिएकी होइनन् । मूलतः दुई प्रमुख कारणले राजनीतिमा प्रवेश भएको हो । पहिलो, यिनी जुन अन्तर्राष्ट्रिय एजेन्सीका निम्ति काम गर्छिन्, त्यसको निर्देशनअनुसार काम गर्नुपर्ने यिनको बाध्यता हो र, विवाहसमेत अदृष्य शक्तिकै इच्छाअनुरुप सम्पन्न भएको जानकारी धेरै नेपालीलाई छ । दोस्रो, राजनीतिमा संलग्न हुनुको लाभ यिनले त्यति बुझेकी छिन् जति दीपक मनाङ्गे, गणेश लामा, प्रचण्ड र बाबुरामहरूले बुझेका छन् ।

सचिव-मूख्यसचिव तथा सरकारी संयन्त्रका विभिन्न मुखियाहरूलाई हातमा लिएर काम पट्याउनु र त्यसनिम्ति चुनावमार्फत सत्ता प्राप्त गर्नु नै यी महिलाको बुझाइमा राजनीति हो । यी महिलालाई काङ्ग्रेसको मर्म, इतिहास र यसको आधारभूत मूल्य-मान्यताबारे जानकारी तथा सरोकार भएको पुष्टि अहिलेसम्म हुन सकेको छैन । सत्ता र धनप्राप्तिका निम्ति क्रियाशील रहनु नै उनको विचारमा राजनीति हो । कृष्णप्रसाद भट्टराईको बहिर्गमनसँगै देशमा विचार-सिद्धान्तकेन्द्रीत राजनीतिको बिसर्जन भएको हो । गिरिजाप्रसाद कोइरालाले सिद्धान्ततः माओवादीकरण गरेको काङ्ग्रेसलाई व्यवहारतः माओवादी पथमा लैजाने काम शेरबहादुर देउवाले गरेका हुन् । देउवा आफैं विचार र सिद्धान्तनिष्ट मानिस मानिँदैनन्, हुलमुलमा परेर युवाकालमा कुनै सजाय पाएका थिए भने पनि पञ्चायतको आखिरी दशकमा प्रजातान्त्रिक आन्दोलनबाट पलायन भइ यिनी पञ्चायत प्रवेश गर्ने अन्तिम तयारीमा थिए । कृष्णप्रसाद भट्टराईले पञ्चायत पस्नबाट जोगाउनकै निम्ति देउवालाई ‘अब्जर्भर स्टुडेन्ट’का रूपमा बेलायत पठाइदिने व्यवस्था मिलाएका थिए । बेलायतमा ‘अब्जर्भर स्टुडेन्ट’का रूपमा रहँदा यिनको समय कसरी बित्ने गर्दथ्यो भन्ने कुराको विवरण गायिका ललिताको स्मरणमा अहिले पनि हुनुपर्छ ।

नेपालमा भइरहेका राजनीतिक अभ्यास फासिवादी प्रणाली या साम्यवादी समाजवादमा झैँ पार्टी सदस्यहरूको सङ्ख्या वृद्धि गर्ने र ‘कार्यकर्ता दस्ता’को बाहुबल प्रयोग गरेर सत्तारोहणको मार्ग छोटो बनाउने उद्देश्यमा केन्द्रीत छ । पार्टीले कुनै उपयुक्त मुद्दा ग्रहण गरे पनि नगरे पनि, पार्टीनेतृत्वको भूमिका तथा क्रियाकलाप राष्ट्रहितमा समर्पित भए पनि र नभए पनि, एकपटकको महिला सधैंको महिला या एकपटकको पुरुष सधैंको पुरुष भने झैँ सधैं एकै प्रकारको सोच मतदाताहरूमा रहने हो भने नेतृत्वको आचार व्यवहार र सोच बदलिने आशा गर्न सकिँदैन ।

२०४७ सालमा बेलायतबाट फर्किएपछि सुदूरपश्चिमको एकछत्र काङ्ग्रेस नेता बन्ने सौभाग्यप्राप्त देउवालाई २०४८ सालमा गृहमन्त्री बनेदेखि नै भावी प्रधानमन्त्रीका रूपमा लिइन्थ्यो र, त्यसताक सञ्चारमाध्यमहरूले समेत उनको नामका अगाडि ‘भावी प्रधानमन्त्री’ भन्ने विशेषण जोड्ने गर्दथे । देउवाको ‘यो हैसियत’ नै उनको ‘व्यक्तित्व’ थियो र, त्यही व्यक्तित्व ‘प्रायोजित घरजम’को कारण बनेको हो । पार्टी सभापतिका रूपमा देउवाको यो कार्यकाल आफ्नी पत्नीलाई पार्टीको केन्द्रबिन्दुमा स्थापित गरी पुत्र तयार नहुन्जेलसम्मका निम्ति पार्टी र राज्यसत्ताको बागडोर पत्नीमा सीमित गर्ने कार्ययोजनाका निमित्त हो ।

बितेको तीन दशकभित्रको अभ्यासले दर्शाएको तथ्य काङ्ग्रेस भनेको सभापति हो, पार्टी भनेको परिवार हो, गन्तव्य सत्ताभोग हो, लक्ष्य जीवनलाई सान, मान र दामपूर्ण तुल्याउनु हो, कार्यकर्ता भनेका भेडाका बथान मात्र हुन् कुन कतिबेला काटिन्छन्, कुन कतिबेला बथानमा थपिन्छन्, कुन बाटैमा हराउँछन् र कुनचाहिँ कतिबेला कसको शिकार भइरहेका हुन्छन् भन्ने कुराको हेक्का पार्टी नेतृत्वलाई हुँदैन । त्यसैले काङ्ग्रेसमा विचार र सिद्धान्तनिष्ठ कार्यकर्ताहरूको स्थान मौकापरस्त केटाहरूले लिँदैछन् । अर्को महाधिवेशनपछि काङ्ग्रेसीहरूले नचिनेका र काङ्ग्रेसलाई बुझ्दै नबुझेकाहरूको हातमा काङ्ग्रेस पुग्ने-पुऱ्याउने पृष्ठभूमि अहिले नै बनिसकेको छ । निष्ठा र इमानदारीको राजनीतिमा अहिले पूर्णविराम लागिसकेको छ । यस्तो पार्टी र निष्ठाहीन नेतृत्वबाट देशमा केही हुने आशा राख्नु स्यालको बथानबाट जङ्गलमा शान्ति र अमनचैनको आशा राख्नु सरह हो ।

तर वामपन्थी काङ्ग्रेसबाट मात्र होइन, वामपन्थी कम्युनिष्ट र मधेशकेन्द्रित समूहहरूबाट पनि आशा गर्न सकिने स्थिति नरहेको ब्यवहारसिद्ध तथ्य हाम्रासामु छर्लङ्ग छ । पञ्च र मण्डलेहरू जे-जस्तो आवरणमा प्रकट भए पनि उनीहरूप्रतिको आशाको अन्त्य धेरै पहिले नै भइसकेको हो ।

प्रजातन्त्रमा पार्टीको भूमिका समन्वयकारी हुन्छ । दलहरू निश्चित विचार-सिद्धान्तको जगमा खडा हुन्छन् र, यिनको मूख्य काम भनेकै सरकार निर्माणका निम्ति सहजिकरण गरिदिनु हो । प्रजातन्त्रमा मतदानको आधार कुनै न कुनै मुद्दा बन्ने गर्दछ, एउटा चुनावमा कुनै एक पार्टीलाई मतदान गर्ने व्यक्ति अर्को चुनावमा अरु कसैको मतदाता बन्न सक्छन् । कुनै खास निर्वाचन क्षेत्र या गाउँ-शहरबाट कुन पार्टीलाई कति मत प्राप्त हुन्छ भन्ने कुराको पूर्व यकीन गर्न प्रजातन्त्रमा मुस्किल हुन्छ । परम्परागत मतदाताको बाहुल्य रहने देशमा मतदानको आधार ‘मुद्दा’ नबनेर केवल दल नै बनिरहेका हुन्छन् । जबसम्म दलकेन्द्रीत मतदान हुने र मुद्दाकेन्द्रित मतदान नहुने अवस्था कायम रहन्छ, तबसम्म देशले शान्ति, स्थायित्व, विकास र समृद्धिको आशा गर्नु पर्दैन ।

आफ्ना पितालाई बलवान्, आमालाई सर्वश्रेष्ठ, पत्नीलाई वफादार र सन्तानलाई प्रिय तथा निर्दोष ठान्नु आम मानिसमा निहित सामान्य मनोवैज्ञानिक गुण हो । तर असामान्य भूमिका या जिम्मेवारीका मानिसमा समेत यस्तै प्रवृत्ति देखाप¥यो भने बुझ्नुपर्छ- ‘यस्तो मानिस उच्च र सार्वजनिक जिम्मेवारीका निम्ति उपयुक्त हुनै सक्दैन, कदाचित्त त्यस्ता व्यक्ति उच्च जिम्मेवारीमा पुगे भने तिनले विनास र विपत्तिबाहेक थप केही निम्त्याउन सक्दैनन् ।’

नेपालमा भइरहेका राजनीतिक अभ्यास फासिवादी प्रणाली या साम्यवादी समाजवादमा झैँ पार्टी सदस्यहरूको सङ्ख्या वृद्धि गर्ने र ‘कार्यकर्ता दस्ता’को बाहुबल प्रयोग गरेर सत्तारोहणको मार्ग छोटो बनाउने उद्देश्यमा केन्द्रीत छ । पार्टीले कुनै उपयुक्त मुद्दा ग्रहण गरे पनि नगरे पनि, पार्टीनेतृत्वको भूमिका तथा क्रियाकलाप राष्ट्रहितमा समर्पित भए पनि र नभए पनि, एकपटकको महिला सधैंको महिला या एकपटकको पुरुष सधैंको पुरुष भने झैँ सधैं एकै प्रकारको सोच मतदाताहरूमा रहने हो भने नेतृत्वको आचार व्यवहार र सोच बदलिने आशा गर्न सकिँदैन । मतदाताको मानसिकता यथावत रहने, नीति र नेतृत्व पनि यथावत रहने हो भने देश मात्र बदलिने आशा गर्नु ब्यर्थ छ । यस्तै नीति र नेतृत्वको अनुमोदन गर्नेहरूले बरु आइन्दा देश बन्न नसकेकोमा गुनासो नगर्नु उपयुक्त मान्न सकिन्छ ।

कानूनी राज स्वीकार गर्ने मनोविज्ञान राजनीतिक र प्रशासनिक नेतृत्व तहमा देखिँदैन । अगुवा नै कानूनी निरङ्कुशताको पक्षमा नभएपछि तिनका ‘फलोअर’हरूबाट कानूनीराजअनुकुल व्यवहारको अपेक्षा गर्न सकिँदैन । देशमा आमूल परिवर्तनको अपरिहार्यता छ, तर सरकार परिवर्तनमा अलमलिने र बारम्बर अलमलिइरहने भुलभुलैयामा नेपाली राजनीति अड्किएको छ । यो अवस्था कायम रहँदासम्म अनेक आकार-प्रकारका महारानी र राजा-महाराजाको चङ्गुलबाट देशले मूक्ति पाउन असम्भव छ, जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.