महामारी अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैन : विश्व स्वास्थ्य संगठन प्रमुख

रिपोर्ट नेपाल | 2020 Nov 17 | 09:11 am 73

जेनेभा, मंसिर २: कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानम गेब्रियससले बताएका छन् ।

सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने बताएका हुन् ।

खोप अन्य उपायका पूरक मात्र हो, तिनीहरूलाई प्रतिस्थापन गर्ने होइन, प्रमुख डा. गेब्रियससले भने, खोप आफैले मात्र महामारीको अन्त्य गर्दैन ।

उनले सुरुवातमा पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, वृद्ध मानिस तथा बढी जोखिममा रहेका मानिसलाई खोप दिइने बताएका छन् । त्यसले मृतक संख्या त घटाउला र स्वास्थ्य प्रणाली एकत्रित गर्न सकिएला, डा. टेड्रोसले भने, तैपनि भाइरस जहाँ पनि हुन सक्छ । त्यसैले निगरानी निरन्तर हुनुपर्छ, परीक्षण आवश्यक हुन्छ, अनि आइसोलेसनमा रहनैपर्छ ।

गत वर्षको डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म करिब साढे ५ करोड मानिस संक्रमित भइसकेका छन् । जसमध्ये १३ लाख २३ हजार बढीले ज्यान गुमाइ सकेका छन् ।

त्यस्तै ३ करोड ५२ लाख निको भएका छन् । अन्नपूर्ण दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.