मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालि सहित ११ जनाको मृत्यु

| 2019 Apr 08 | 12:37 pm 74

काठमाण्डौ: (एजेन्सी) आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको मलेसियाबाट रमेश पन्थीले जानकारी दिएका छन् ।

मलेसियाको क्‍वालालामपुर विमानस्थल नजिकै सेपाअङमा ४४ जना यात्रु बोकेर हिँडेको बस नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको स्रोतले जानकारी दिए। उक्त बसको चालक मलेसियन नागरिक नै रहेको बुझिएको छ ।

दुर्घटनामा परी अन्य ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी र १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीले जानकारी दिए ।

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस १० मिटर तल नालिमा खसेको प्रहरीले उल्लेख गरेको छ । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.