मध्यरातमा भारतीय ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 14 | 07:54 am 110

धादिङ, फागुन २: गएराति भारतीय नम्बरको ट्रकले एक स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार बीआर ०६जीडी ८६७१ नम्बरको ट्रकले प्रदेश ३–०२–०१४१३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका वडा नम्बर १ निवासी २२ वर्षीय प्रकाश बस्नेतको मृत्यु भएको छ भने काभ्रे खहरेपांगु गाउँपालिका वडा नम्बर ८ घर भई महाराजगंज बस्ने २२ वर्षीय सनिस थापा घाइते भएका छन् ।

राति करिब साढे दुई बजे भएको दुर्घटना पश्चात् ट्रक चालक फरार भएका छन् । बेनीघाट रोराङ गाउँपालिका ५ चरौदी पुल नजिकै घटना भएको थाहा पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । फरार भएका चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.