भोजराज बने जिल्लाकै उत्कृष्ट प्रहरी

| 2020 Dec 02 | 10:07 am 197

धादिङ मंसिर १७ : जिल्ला प्रहरी कार्यालय धादिङले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई सर्वोत्कृष्ट घोषणा गरेको छ ।
उनलाई उचित मुल्याङकन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनौट गरिएको हो। कार्यविधि २०७७’ अनुसार धादिङ जिल्लाबाट कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीमा इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेय सर्वोत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।

सर्वोत्कृष्ट घोषणा भएका प्रहरी निरीक्षक पाण्डेयले अवैध लागुऔषध गाँजा खेती फँडानी, लागुऔषध नियन्त्रणका साथै आपराधिक क्रियाकलाप नियन्त्रण लगायतका उत्कृष्ट कार्य सम्पादनका कार्यहरु गरेको भन्दै जिल्लाकै सर्वोत्कृष्टमा छनौट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । निरीक्षक पाण्डेयले यस अघि राजधानीको बलम्बुको इन्चार्ज हुदा पनि उल्लेख्य कार्य गरेका थिए। पाल्पाको रामपुरको कमाण्ड गर्दा उनले त्यहा पनि सुक्षालाई चुस्त परेका थिए।

सिंहदरबारमा कार्यरत रहदा समेत उनले उत्कृष्ट कार्य गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.