भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 18 | 07:21 pm 63

रूपन्देही, असार ३ :  प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतकाे  उतर प्रदेशका वर्ष ५० को उमेश शुक्ला  प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।

उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.