भूकम्प आएकाे बेला आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते

| 2020 Sep 16 | 09:28 am 56

काठमाडौं, भदाै ३१ः बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको भूकम्पका कारण एक जना घाइते भएका छन्।

घाइते हुनेमा राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी रहेका छन् । उनी भूकम्प आउँदा आत्तिएर झ्यालबाट हामफाल्दा घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ।

उनको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले  जानकारी दिए ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्काे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको  अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भ्रकम्प गएको हो ।

बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.