भूकम्पका कारण पर्वतमा एक घर भत्कियो

रिपोर्ट नेपाल | 2020 Sep 16 | 01:07 pm 63

पर्वत, भदौ ३१ः बुधबार बिहान सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पले पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ। भूकम्पले बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलमा धक्का दिएको थियो । धक्काबाट नारायण सुवेदीको दुई तले घर भत्किएको हो।

लगातारको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताए। अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो।

त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले घटनाको जानकारी आएको बताए । मानवीय क्षति नभएको र घरमा भएको क्षतिको बिबरण संकलन गर्न प्रहरी घटनास्थल तर्फ गएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.