भुपेन्द्र थापाले दिलाए नेपालका लागि एक स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 09 | 05:48 pm 125

काठमाडौं, मंसिर २२: लामो समय गुमेको शाख १३औं दक्षिण एसियाली खोलकुदबाट फर्काउँदै नेपाली बक्सरहरुले बक्सिङमा नेपाललाई एक पछि अर्को स्वर्णको सफलता दिलाएका छन् ।

सोमबार विहान भएको खेलमा मिनु गुरुङले महिलातर्फको ५४ केजी तौल समूहमा स्वर्ण दिलाएसंग पुरुष तर्फ नेपालका भुपेन्द्र थापाले ६४ केजी लाइटवेटमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

थापाले फाइनलमा भारतका मनिश कौशिकलाई अंकका आधारमा पराजित गरे । सागमा पहिलो स्वर्ण जितेका भुपेन्द्रले १९९९ पछि नेपाललाई पुरुष तर्फ पहिलो स्वर्ण पदक दिलाउन पनि सफल भएका छन् । थापाले फाइनलमा हराएका भारतका कौशिक सन २०१८ मा भएको राष्ट्रमण्डलीय खेलकुदमा रजत पदक जित्न सफल मुक्केबाज हुन् ।

यता ललिता महर्जनले नेपालका लागि बक्सिङमा एक रजत पदक दिलाएकी छिन् । महिलाको ४८ केजीको लाइट फ्लाइ वेटमा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित भइन् ।

यसैगरी संगीता सुनार पनि महिला बक्सिङको रजत पदक भन्दा अघि बढ्न सकिनन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगीता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित भएकी हुन् ।

यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरीलाई अंककै आधारमा हराउँदंै संगीता अन्तिम फाइलनलमा पुगेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.