भाेली सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्काे निर्णय

रिपोर्ट नेपाल | 2020 May 23 | 07:38 am 55

काठमाडाैं, जेठ १०ः आइतबार गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरी उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.