भाेजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहान प्रहरी सहित दुईकाे मृत्यु, एक घाइते

| 2019 Jul 10 | 10:07 am 87

भोजपुर , असार २५: भोजपुर सदरमुकामा सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) का कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी सहित दुई जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा प्रहरी जवान सन्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राई रहेकाे प्रहरीले जानकारी दिएकाे छ । बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यलय भोजपुरले जनाएको हाे ।

मृत्यु हुने निरकुमार राई  विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज रहेको जनाएइकाे छ ।

घटनामा  प्रहरी जवान साेमनाथ भट्टराई घाइते भएकाे र उनलाई अस्पताल लगिएको अवस्था गम्भीर रहेकाे भाेजपुर प्रहरीले बताएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.