भालुको आक्रमणबाट एक जना घाइते

रिपोर्ट नेपाल | 2020 Oct 24 | 08:12 am 101

सर्लाही, कात्तिक ८ः जंगली भालुको आक्रमणबाट सर्लाहीमा एक जना घाइते भएका छन् । घाइते हुनेमा लालबन्दी नगरपालिका १३ नारायण डाँडाका ४६ वर्षीय गणेश बहादुर आले मगर रहेका छन् ।

उनलाई घर नजिकै रहेको जंगलमा अचानक जंगली भालुले आक्रमण गरेको बताइएको छ । आक्रमणबाट आलेको दाहिने खुट्टाको तिग्रा मुनिको मासु, टाउको चिथारेको र छातीमा घाउ लागि गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते आलेको उपचारको लागि लालबन्दी स्थित टेक्सस अस्पताल ल्याएको अवस्था गम्भीर भन्ने उक्त अस्पतालबाट खबर प्राप्त हुन साथ तालुक ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी सहायक निरीक्षक महेन्द्र यादवको कमाण्डमा ५ जनाको टोली खटी गएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंज स्थित एडभान्स अस्पताल पठाइएको र उपचारमा उनकी श्रीमति सलंग्न रहेको सर्लाही प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.