पेन्सनको बढोन्तरीसँगै

भारतीय प्रधानमन्त्रीले कर्मचारीको पारिश्रमीक बढाए

रिपोर्ट नेपाल | 2019 Jun 19 | 11:34 am 177

नयाँ दिल्ली असार ४:  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कालको लागि प्रधानमन्त्रीमा चयन भएपछि भारतीय सेना, प्रहरी, कर्मचारीलाई ठूलो राहत दिलाएका छन् ।

विगत लामो समय देखि पारिश्रमिक र पेन्सन बृद्धी नभएर चिन्तित बनेका भारतीय सरकारमा कार्यरत कार्मचारीले मोदीको निर्णयलाई स्वागत गर्दै जयजयकार मनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले २५ प्रतिशतसम्म पारिश्रमीक बृद्धी गरेको छ । मोदीको यस निर्णलाई भारतीय संचार माध्यमले उच्च महत्वका साथ प्रकाशन प्रशारण गरी कर्मचारीको खुशीको दिन भनिरहेका छन् ।

मन्त्रीपरिषदको निर्णय त्यहाँको सातवटै वेतन आयोगको सिफारिसका आधारमा गरिएको थियो । रिटायर्ड भएका एक करोड कर्मचारीलाई पनि यो निर्णयले राहत पुग्ने बताइएको छ ।

२०१६ को १ जनवरी पछि रिटायर्ड कर्मचारीलाई यो सुविधा लागू हुने भारतीय संचार माध्यमले जनाएको छ । भारतमा काम गर्ने कर्मचारीको अव न्युनतम तलब अठार हजार र अधिकतम दुई लाख पचास हजारसम्म हुने बताइएको छ । मोदी सरकारको यो निर्णयलाई पेन्सनरत नेपालीलाई समेत राहत पुग्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.