भारतीय गृहमन्त्रीको अभिव्यक्ति खेदजनक छः नेतृ सुनिता बराल

| 2019 Dec 21 | 12:17 pm 1656

सुनिता बराल  नेकपाको भातृ संगठन अनेरास्ववियूकि चर्चित नेतृ हुन् । लामो समय देखि विद्यार्थी राजनीतिमा आफ्नो ज्यानको भन्दा संगठनलाई बढी माया गर्ने बरालले पछिल्लो समय अन्य विद्यार्थी संगठन कमजोर हुँदा पनि आफ्नो संगठन चाहेजति दर्विलो हुन नसकेकोमा चिन्ता व्यक्त गर्दछिन् ।

आफूलाई लागेको कुरा निर्धक्कसँग पार्टी नेतृत्वसँग राख्नसक्ने सुनिताको विद्यार्थीमाझ भिजेर उनीहरुलाई संगठन प्रति आकर्षित गर्नसक्ने क्षमता पनि उनीसँग छ । नेतृ सुनितासँग रिपोर्ट नेपालका लागि कुराकानीमा आधारीत रहेर गरिएको वार्तालाप उनकै भनाईमा प्रकाशित गरिएको छ ।

नेतृ बरालसँग विद्यार्थी संगठनका गतिविधि बारे राखिएको जिज्ञासामा उनले लामो समय देखी अन्योलमा रहेको स्ववियू निर्वाचनको मिती नजिकै पुग्दै गरे पनि विद्यार्थी संगठनहरुको नेतृत्व नहुँदा अझ बढी अन्योल बढेको बताइन् ।

सत्तासिन पार्टीको भातृ संगठनमा २ जना को नेतृत्व मात्रै छ भने नेविसंघ त्यो भन्दा दयनीय स्थितीमा गुज्रेको उनको ठहर छ ।

विद्यार्थी संगठनहरु निस्कृय जस्तो देखिँदा कतिपय चर्किनु पर्ने मुद्दा समेत ओझेलमा परेको पनि बरालले स्वीकार गरेकी छन् ।

अनेरास्ववियूको संगठन विस्तार अन्तिम चरणमा पुगेकोले अबको ध्यान स्वावियू निर्वाचनमा केन्द्रीत हुन आवश्क रहेको उनको कथन छ ।

अखिल पूर्णरुपले स्ववियू चुनाबको तयारीमा रहेको र छिट्टै त्यस सम्बन्धी कार्यक्रम सार्वजनिक गर्ने छौं ।

नेतृ सुनिता बरालसँग राखिएको अर्को जिज्ञासामा स्वदेश तथा बिदेशमा अध्ययन गरीरहेका विद्यार्थिहरु तथा विज्ञहरुको तथ्यांक राखेर मुलुक निर्माणमा सबैलाई समर्पित गराउने खालको परिपाटी विकास गर्न जरुरी रहेको बताइन् ।

अबको पुस्तालाई राजनीती मार्फत राष्ट्र निर्माणमा लगाउनु आजको प्रमुख विषय भएको उनको भनाई छ ।

सम्मृद्द नेपाल सुखी नेपाली अभियानमा यूवाहरुको योगदानको लागि अखिलले नेतृत्वदायी अभियान चलाउनु पर्ने बताउँदै नेतृ बरालले यसका लागि पार्टी नेतृत्वले सक्षम र निडर विद्यार्थी नेतालाई जिम्मेवारी दिनुपर्ने कुरा पनि उनले बताइन् ।

भारतीय गृहमन्त्रीले हालै दिएको अभिव्यक्तिका विषयमा राखिएको जिज्ञासामा नेतृ बरालले बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा भारतीय गृहमन्त्री अमित साहले केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको भनाई नेपाली सिमा र सुरक्षाका लागि चुनौतीपूर्ण ढङ्गबाट होच्याउने र मानमर्दन गर्ने उद्देश्यले प्रेरित रहेको बताएकी छन् ।

गृहमन्त्री साहको उक्त अभिव्यक्ति निन्दनीय र खेद जनक भएको पनि बरालको भनाई रहेको छ ।

नेतृ बरालले अगाडि भनिन् हामी हाम्रा सुरक्षा निकाय र उनीहरुले सम्पादन गर्ने कामप्रति ढुक्क छौं। सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरीका १ सय १४ बोर्डर आउट पोष्ट थप गर्ने निर्णय गरेर साहसिक र राष्ट्रवादको नमुना पेश गरेपनि अन्तिम समाधान भने हुन सक्दैन ।

नेतृ बरालसँग राखिएको अर्को जिज्ञासामा भारतले गर्ने सिमाअतिक्रमण, निर्बाद भारतीय उपस्थिति, सामान तस्करी रोक्न र बलियो सिमा सम्बन्धका लागि ट्रम्पले मेक्सिकोसङ्ग लगाउन खोजे जस्तो वा बलियो र बाक्लो पिलर सङ्गै चुस्त सिमा सुरक्षा तैनाथ गर्नुपर्ने उनको भनाई रहेको छ ।

नेपाल–भारतबीच युरोपेली मुलुकले जस्तो न साझा मुद्रा बनाउन सकिन्छ न भारतीय प्रवृत्तिलाई विश्वास नै गर्न सकिने नेतृ सुनिताको स्पष्ट धारणा रहेको छ ।

उनले कुराकानीका क्रममा पोर्चुगल, फ्रेन्च, रसियन, नाइजेरीया वा ईटलियनहरु अहिले एक अर्काको पिडामा दुख्छन तर जीवन्त ईतिहास भन्छ,उनीहरु एक एक ईञ्च जमिनका लागि जसरी युद्ध लडे हामी पनि अब सोच्न बाध्य हुनुपर्ने बताइन् ।

हामी गरिबी बिरुद्ध, समृद्दि प्राप्तिको लक्षमा हिडीरहेको बेला भारत यस्ता बखेडा झिकेर अल्मलाउन उद्धत रहेकोले अनेरास्ववियूका विद्यार्थीहरु यसको खिलापमा लाग्न जरुरी रहेको बरालको भनाई छ ।

अबको समाज राजनितिक सामाजिक र आर्थिक समृद्धी तर्फ लाग्न अति जरुरी भएकोले अनेरास्ववियूले यो नारालाई आफ्नो मुलमन्त्र मानेर अघि बढ्नुपर्ने पनि उनले बताइन् ।

राजनीतिका विषयमा सोधिएको जिज्ञासामा नेतृ बरालले राजनीतिक मुद्दाहरु फराकिलो हुँदै गएका सामाजिक रुची अनुकुल बनाउन अखिलले विद्यार्थीलाई अभिप्रेरित गर्ने बताइन् ।

नेतृ बरालले सामाजिक व्यवस्था अनुकुल हुने खालका विविध मुद्दामा अखिलले शिक्षात्मक अभियान चलाउने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.