भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

| 2020 Nov 28 | 10:23 am 222

मस्को । कोरोना भाइरसविरुद्धको रसियाली स्पुतनिक–भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को सुरुदेखि नै प्रारम्भ हुनेछ । यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।

रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपको तुलनामा निकै सस्तो रहेको बताइएको छ

रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपको तुलनामा निकै सस्तो रहेको बताइएको छ । रसियाले गत अगस्टमै कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर, ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो ।

राजधानी दैनिकबाट:

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.