भारतमा भूकम्पकाे धक्का महसुस

रिपोर्ट नेपाल | 2020 May 10 | 04:42 pm 50

एजेन्सी, बैशाख २८ः कोरोना महामारी बीचमा आइतबार भारतको दिल्ली एनसीआरमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसोको १ बजेर ४५ मिनेटकाे समयमा भूकम्पको महसुस गरिएको जनाइएको छ ।

भारतीय मिडियाका अनुसार दिल्लीमा पहिला तूफान आएको र पछि भूकम्पको झट्काको महसुस गरेको उल्लेख गरिएकाे छ । भूकम्प ३.५ रेक्टर स्केलको गएको बताइएकाे छ । कोरोना भाइरस संक्रमणको समस्या भाेगीरहेका भारतलाई भूकम्पले पनि सताएको हाे ।

राजधानी दिल्ली, नोएडा, गाजियाबादका धेरै स्थानहरुमा आँधी – र तूफान आउने बताइएको छ । धुलै धुलोले भरेको हावा फैलिरहेकोले केही देखन नसक्ने भएको भारतीय संचारमाध्यम आजतकले जानकारी दिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.