भारतको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशूको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jan 09 | 09:14 am 81

एजेन्सी, पुस २५ः भारत महाराष्ट्रको एक असपतालमा शनिबार बिहान भएको आगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ । समाचार एजेन्सी (एएनआई)का अनुसार सिक न्यू ब्रोन केयर युनिट (एसएनसीयू )मा शनिबार बिहान २ बजे आगलागी भएको हो ।

अस्पतालको युनिटमा १७ नवजात शिशू रहेकामा ७ शिशू भने सकुकल उद्धार गरिएको बताइएको छ । एक नर्सले अस्सपतालमा धुँवा देखेपछि आगो लागेको पत्तो लागेको थियो ।

त्यसलगत्तै अस्पताल प्रशासनलाई खबर दिइएकाले ७ शिशूको ज्यान बचाउन सफल भएको अस्पतालले जनाएको छ । मृत्यु हुने सबै शिशू ३ महिना भन्दा कम उमेरको भएको बताइएको छ ।

आगलागीका कारण शर्ट सर्किट भएको बताइएको छ । सो अस्पतालमा नाजुक स्थितीका शिशूहरुलाई उपचारका लागि राख्ने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.