भाईले दाइलाई तरबार प्रहार गर्दा दाइ घाइते

रिपोर्ट नेपाल | 2019 Nov 08 | 02:41 pm 49

सिन्धुली, कात्तिक २२ दाजु भाईबीच मनमुटाव हुँदा भाइले दाइलाई तरबार प्रहार गरी घाइते बनाएका छन् ।

हरिहरगढी–५ का ५८ वर्षीय पूर्णबहादुर तामाङले सामान्य घरायसी विवादका कारण आफ्नै दाइ ६१ वर्षीय जगतबहादुर तामाङलाई तरबार प्रहार गरी घाइते बनाएका हुन् ।

घाइते तामाङलाई उपचारका लागि नमुना अस्पताल हरिवन लगिएको प्रहरीले जानकारी दिए ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । तरबार प्रहार गर्ने तामाङलाई क्यानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.