काठमाडाैं, पुस २९ः नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका ११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न १ जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका ६ का ५३ वर्षीय लक्ष्मीचन्द्र शाही रहेको र उनको साथबाट बरामद भएको भरुवा बन्दुक थान-१, त्यसमा लाग्ने गोलि थान-१९, छर्रा थान-१, केप थान-१ र बारुद डब्वा थान-१, रहेकाे छ ।
साथै शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको छ ।