भरुवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 May 22 | 03:55 pm 39

मकवानपुर, जेठ ९ः मनहरी गाउँपालिका-७ कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित बिहीबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-६ का ४० वर्षीय रामचन्द्र प्रजा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.