भरुवा बन्दुकसहित चार जना पक्राउ

| 2022 Mar 25 | 03:08 pm 257

सिन्धुली, चैत ११ः घ्याङ्लेख गाउँपालिका-३ तामाजोर भन्ने स्थानबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-१२ खोक्सिङ बस्ने ३८ वर्षीय नेत्र बहादुर मोक्तान, सोही नगरपालिका-५ रानीखोला बस्ने ५३ वर्षीय तिर्थ बहादुर मगर र नुवाकोट सूर्यगडी गाउँपालिका-१ मनिडाडा बस्ने ३६ वर्षीय कुमार तामाङ रहेका छन् ।

सोही ठाउँस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भबनमा काम गर्दै आएका उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी  ईलाका प्रहरी  कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका-५ देउराली डाँडा बस्ने ५१ वर्षीय दिल बहादुर गोङ्बालाई १ थान एकनाले भरुबा बन्दुक र १ किलो अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक र लागूऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बन्दुक र गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनी गाउँ नजिकबाट करिब ९ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बढैयाताल गाउँपालिका-२ सितापुर बस्ने २५ वर्षीय सुनिल रानामगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जामुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

अवैध लागूऔषध बरामद

सिरहाकाे भगवानपुर गाउँपालिका-४ बलान खोलास्थित सडकबाट करिब २४ किलो अवैध लागूऔषध गाँजा बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ठाडाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात उक्त बोरा जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.