भरुवा बन्दुकसहित उयदपुरमा एक पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 10 | 04:51 pm 149

उदयपुर, पुस २६ः शनिबार कटारी नगरपालिका १३ मयांखुबाट भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले गरेका छन् ।  पक्राउ पर्नेमा ४० बर्षीय प्रकाशकुमार रानामगर रहेका छन् ।

अबैध हातहतियार संकलन गर्ने अभियान अन्तरगत भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, कटारीबाट गएको बिशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.