भदौ १ गतेदेखि दूधको मूल्य बढ्ने

| 2019 Aug 12 | 07:16 am 58

काठमाडौं, साउन २७: भदौ १ गतेदेखि लागू हुने गरी दूधको मूल्य बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरिएकाे जानकारी दिए।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ)रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ। प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ । आजको कारोबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.