ब्यबसाय संचालनको माग गर्दै लगानीकर्ता सडकमा आए

| 2020 Dec 03 | 08:39 am 127

काठमाडौँ मंसिर १८ : बिश्वब्यापी रुपमा आतंकित बनाएको कोभिड–१९ का जोखिमका कारण आठ महिनादेखि रात्रिकालीन व्यवसायहरू ठप्प भएपछि यस क्षेत्रमा लगानी गर्ने ब्यबसाहीहरु ठुलो मारमा परेका छ। सरकारले अन्य सबैक्षेत्र खुकुलो पारेपनि मठमन्दिर र रात्रीकलिन ब्यबसाय खोल्न अनुमति दिएको छैन।

सरकारले कुनै ब्यबसाय खोल्न अनुमति दिने र कुनैलाइ नदिने गरेर काखा र पाखा गरेको भन्दै राजधानीको पर्यटकीय बजार ठमेल क्षेत्रका व्यवसायीहरू सडकमा उत्रिएका छन् । बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गमा ठमेल क्षेत्रका व्यवसायीहरू रात्रिकालीन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्न दिन माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।

। कोरोना संक्रमणको जोखिमका कारण सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै रात्रिकालीन व्यवसायहरू पूर्ण रूपमा बन्द छ । सरकारले विभिन्न किसिमका पर्यटन व्यवसायहरू क्रमिक रूपमा स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्न दिए पनि रात्रिकालीन व्यवसायहरू लाउन्ज बार, डिस्को, डान्स बार, दोहोरी, गजल लगायतका व्यवसाय भने अझै खोल्न दिएको छैन् । सरकारले यी ब्यबसायीलाई अन्याय गरेको भन्दै पर्यटन विकास परिषद् र ठमेल रात्रिकालीन व्यवसायी उपसमितिले संयुक्त रूपमा शन्तिपूर्ण आन्दोलन गरेका हुन्।

परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले आठ महिनाभन्दा लामो समयदेखि व्यवसाय ठप्प हुँदा रोगले भन्दा भोगले मर्ने अवस्था आएको बताए । उनले तत्काल व्यवसाय सञ्चालन गर्न नसके व्यवसायीहरू विस्थापित हुने अवस्था आउने भन्दै पहिले कै अवस्थामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन माग गरे । यता, बुधबार नै दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले समेत रात्रिकालीन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने भन्दै धर्ना दिएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौमा धर्ना दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.