बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 21 | 06:34 pm 233

काठमाडौं, बैशाख ८ः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्‍वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ स्थायी वतन भएका ४२ वर्षीय वीरेन्द्र कुमार गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले ४ दिन कैद, ७ लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार ६ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोठाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.