बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Apr 25 | 06:35 pm 241

काठमाडौं, बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका-३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० अनामनगरबाट पक्राउ गरेको हो । उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन् । बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.४ ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-१२ कुस्माटोलस्थित चौरबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजाको बोरा सोही स्थानमा छोडेर मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.