बैंकिङ् कसूर मुद्दाका फरार एक अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Aug 02 | 05:09 pm 277

काठमाडाैं, साउन १८ः बैंकिङ् कसूर मुद्दाका फरार एक अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.-१ का ५६ बर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत तुलसीपुर, नेपालगंजबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा  श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश
गरिएको छ ।

अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत तुलसीपुर नेपालगंजबाट मिति २०७७।११।१२ गते निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र
२३ लाख ५० हजार जरिवाना सजाय हुने गरी फैसला भएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.