सर्लाही, चैत २५ः मलंगवा नगरपालिका ५ भाडसर बस्ने रमेश सहनीको छोरा वर्ष ३ को आदर्श सहनी आफ्नै घर वरिपरी खेली रहेको अबस्थामा अचानक हराई बेपत्ता भएका थिए ।
उक्त खबर प्राप्त हुन साथ तत्काल प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको सक्रीयता तथा निर्देशन बमोजिम प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खोज तलास एवं अनुसन्धान टोली परिचालन गरी भारतीय Counter Parts सँग समन्वय गरी तदारुकताका साथ खोजतलास गरिकाे थियाे ।
साेही क्रममा मंगलबार भारत, जिल्ला सितामढी, राज्य बिहार, थाना सोनवर्षा, मुसरनीया स्थितमा फेला पारी उद्दार गरी बालकलाई उनको अभिभावकको जिम्मा लगाएको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले जानकारी दिए ।