बुटवलको श्रम कार्यालयमा मन्त्री विष्टको छड्के, तत्काल कार्यालय सार्न निर्देशन

रिपोर्ट नेपाल | 2019 Mar 11 | 04:29 pm 43

बुटवल, फागुन  २७ :  पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा रहेको श्रम कार्यालयमा आज श्रम मन्त्री गोकर्ण विष्टले छड्के अनुगमन गरेका छन् ।  जनताले चाहे अनुसारको काम नभएको गुनासो बढेपछि मन्त्री विष्टले आज आफैले चेक गरेका हुन् ।

विचौलियाको बिगबिगीले सेवाग्राहीले भोग्दै आएको सास्तीको बारेमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि मन्त्री विष्टले श्रम कार्यालय अनुगमन गरेका हुन् ।

छड्के अनुगमनको क्रममा उनले एक हप्ता भित्र कार्यालय अन्य ठाउँमा सार्न र कर्मचारीको कार्यशैलीमा सुधार गर्न निर्देशन दिएका छन् ।

गत पुस १५ गते आइतबारबाट बुटवलमा सेवा सञ्चालन भएको थियो । श्रम मन्त्रालयबाट प्रदान गर्ने सबै सेवालाई सहज रुपमा सेवाग्राहीसामू पुर्‍याउनका लागि सरकारले बुटवल ६ चाँदबारीमा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.