बिस्केट जात्रा नरोक्न सर्वोच्चकाे आदेश

रिपोर्ट नेपाल | 2021 Apr 08 | 08:51 am 181

काठमाडौं, चैत २६ः भक्तपुरमा मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

भक्तपुरका स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो।

जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशन विरुद्ध परेको रिटमाथि सनुवाइ गर्दै सर्वोच्चले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।

सर्वोच्चले उक्त निर्णय गर्नुपर्नाको कारणसमेत पेस गर्न भनेको छ। उनीहरुले प्रशासनले भने पनि जात्रा नरोक्ने भन्दै रथ निर्माणको कामलाई तीव्रता दिँदै आएका थिए। बिस्कास् जात्रा यही चैत २८ बाट हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.