बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट

रिपोर्ट नेपाल | 2019 Aug 12 | 07:54 am 70

झापा, साउन २७: सोमबार बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट गराएको छ।  गरामनीमा रहेको नगरपालिकाको  ७, ८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएकाे अनुसार बिहान साढे ४ बजेतिर बिस्फोट भएको हो। बिस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उक्त कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको सेनाको टोलीले जनाएको छ। कार्यालयका झ्याल ढोका बाहेक कागजात सुरक्षित रहेका छन्। घटना कसले गराएकाे हाे भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.