बिर्तामोडको इनेस्पेकटरको मिलेमतोमा करोडौंको सामान तस्करी

रिपोर्ट नेपाल | 2020 Sep 14 | 10:52 am 132

झापा, भदौ २९ः मुलुक कोरोना महामारीको आतंकबाट आक्रान्त बनी कैयौं सर्वसाधारण जनता भोक र रोगसँग लडिरहेको अवस्थामा झापा जिल्लाको बिर्तामोड इलाका प्रहरी कार्यालयका इनेस्पेक्टर डम्बर गिरीलाई भने तस्करीको सामान नेपाल भित्र्याउन भ्याई नभ्याई भएको छ ।

रिपोर्ट नेपालले यस अघि इनेस्पेक्टर गिरी र भन्सारका एक सुब्बाको मिलेमतोमा भन्सार छली गरेका सामान भित्र्याउन सहयोग गरेको समाचार प्रकाशित गरेपछि अहिले इनेस्पेक्टर गिरीले ठाउँ परिवर्तन गरी तस्करलाई सहयोग गरिरहेका छन् ।

हामीलाई एक भन्सार स्रोतले दिएको समाचार अनुसार विगत तीन दिनदेखि बिर्तामोड देखि सात किलोमिटर पूर्वमा रहेको बरनेडाँकी नाकाबाट राति ११ बजे देखि १ बजेसम्म भन्सार छलीका सामान भित्र्याउन तस्करलाई लाइन दिइएको छ ।

इनेस्पेक्टर गिरीले विजय सिंगल, लक्ष्मण कटेल, भीम कुँवर, फिरोज शाह नाम गरेका व्यक्तिलाई लाइन दिएको समाचार स्रोत बताउँछ ।

प्रदेशका डिआइजी देखि आफ्नो इन्चार्ज डिएसपी मुकुन्द रिजाललाई समेत मिलाएको बताउँदै इनेस्पेक्टर गिरीले गिरोहसँग राम्रै लेनदेन गरेको समाचार स्रोतको दाबी छ ।

एरिया फेरेर गरिएको पुरानो छोटी भन्सारको नाकाबाट यो तीन दिनमा झण्डै एक करोडको सामान भित्रिएको समाचार स्रोत बताउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.