महेश सिंह सिरहा, पुस २९ः लहान नगरपालिका स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयमा बिपदबाट जोगिन स्कुलका विद्यार्थीहरुलाई बिपत्त सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शस्त्र प्रहरी बेस क्याम्प लहानका इन्चार्ज तथा प्रहरी नाव निरीक्षक डिएपी बिनोद थापाले प्रशिक्षण दिएका हुन्। प्राकृतिक बिपद र मानव सिर्जित बिपदबाट जोगिन विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागीता रहेको स्कुलका प्रधान अध्यापक डा. महेन्द्र चौधरीले जानकारी दिए । विद्यार्थीहरुलाई दिएका बिपद सम्बन्धि तालिम जिवन उपयोगी भएको प्रशिक्षक डिएपी बिनोद थापालाई धन्यवाद दिएका थिए।
अचानक आई परेको यस्तो बिपदलाई सामना कसरी गर्ने उनले प्रशिक्षण गरेका थिए ।