बिनोद चौधरीले विद्युत उत्पादन गर्ने कि जग्गा हडप्ने ?

रिपोर्ट नेपाल | 2019 Apr 07 | 11:52 am 183

काठमाडौं, चैत्र २४ : नेपाली काँग्रेसका सांसद एवम् उद्योपति बिनोद चौधरीले सौर्य विद्युत उत्पादन गर्ने नाममा तराईका रमथर जमिन ओगटेर प्लटिङ गर्ने योजना बनाएका छन् ।

प्राप्त समाचार अनुसार हालै सम्पन्न भएको लगानी सम्मेलनमा करिब १७ खर्ब बराबरको सम्झौता भएको सरकारले सार्वजनिक गरेको छ । जसमध्ये भारतीय उद्योगपतिहरुको सोझेदारीमा नेपालका उद्योगपति बिनोद चौधरीले दुई खर्ब लगानी गर्ने चर्चा चलेको छ ।

चौधरीले प्रदेश नम्बर २ मा नौ सय मेगावाट विद्युत उत्पादनका लागि छुट्टाछुट्टै तीन ठाँउमा प्लान्ट राख्ने बताएका छन् । लगानी सम्मेलनमा तीन हजार मेगावाट विद्युतमा लगानी गर्ने निर्णय भएको छ ।

वर्तमान दुई तिहाईको सरकारले यसलाई उपलब्धी मूलक भनेर ब्यापक प्रचार गरे पनि अन्तत यो योजना राज्यलाई टाट पल्टाउने भएको विशेषज्ञहरु बताउँछन् । चौधरीले अगाडि सारेको नौ सय मेगावाट सौर्य विद्युत उत्पादन गर्ने भतिए पनि त्यसमा कति लगानी गर्ने भन्ने विषयमा प्रष्ट नपारिएकाले शंकाको दृष्टिले हेरिएको छ ।

चौधरीले इमान्दारिताका साथ विद्युत उत्पादन गरे पनि राज्यले त्यो विद्युत खरिद गर्न सक्ने स्थिति नभएको जानिफकार बताउँछन् । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ५३ मेगावाट विद्युत १६ रुपैयाँ ६० पैसाले खरिद गर्ने गरी पीपीए गरेको छ । सोही रेटमा चौधरीले उत्पादन गर्ने विद्युत सरकारले खरिद गर्ने हो भने बार्षिक अर्बौं रुपौयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

जसका कारण मलुकको आर्थतन्त्र डामाडोल हुने विज्ञहरुको तर्क छ । हाल निर्माण भइरहेको विद्युतबाट आगामी ३ वर्षमा उत्पादित विद्युत पर्याप्त हुने विद्युत प्राधिकरणको भनाई हुँदाहुँदै चौधरीले सौर्य विद्युत उत्पादनको कुरा गर्नु शंकाको विषय भएको छ ।

नीजि क्षेत्रबाट उत्पादन हुने विद्युत हिउँद सिजनमा ७ रुपैयाँ र वर्षयाममा पाँच रुपौयाँमा खरिद गर्नेगरी पीपीए भइरहेको अवस्थामा प्राधिकरणले बिनोद चौधरीसँग १६ रुपैयाँ ६० पैसामा खरिद गर्ला त ? प्राधिकरणले यस अघि एक नीजि कम्पनीसँग २०७६ वैशाखमा राष्ट्रिय प्रशारणमा जोड्ने गरी सम्झौता गरेको थियो ।

सौर्य विद्युतका लागि आवश्यक पर्ने झण्डै २६ विघा जग्गाको विवाद कायमै छ र उत्पादनमा समस्या छ । विद्युतको चिल्लो नारा दिएर सस्तो मुल्यमा जग्गा हडप्ने प्रवृत्ति भएको मुलुकमा कतै बिनोद चौधरीको पनि नियत त्यही त होइन शंका उपशंका उब्जनु स्वभावीक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.