बिनोद केसीको पिउने बानी बोलको गीत सार्वजनिक

रिपोर्ट नेपाल | 2021 Oct 07 | 11:22 pm 253

काठमाडौं, असोज २१ः हास्य टेली चलचित्र र चलचित्र हेर्नहरुको लागि कलाकार बिनोद केसी कुनै नौलो नाम होइन । विगत १७ वर्ष अधिदेखि कलाकारीता क्षेत्रमा होमिएका केसी चर्चित हास्य टेली चलचित्र तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सै लगायत अन्य दर्जनौं टेली चलचित्रहरुमा अचिनय गर्दै गोर्खा रक्षक, जंगली बाबु, मालतीको भट्टी, के म तिम्रो होइन र जस्ता ठूलो पर्दामा समेत अभिनय गरीसकेका छन् ।

२०५९सालमा नितेस राज पन्तको क्याटमाण्डुमा जितु नेपाल संग जोडिएर पहिलो कयामरा फेस गरेर अभिनय यात्रामा प्रवेश गरेका केसी नेपाल टेलिभिजनबाट प्रसारित सविन बास्तोलाद्वारा निर्देशित थोरै भए पुगीसरी हुँदै नेपाल टेलिभिजनबाटै प्रसारण भएको गिताञ्जली कार्यक्रममा जितु नेपालको कमेडीबाट केही चर्चा बटुल्दै गरेको अवस्थामा दिपक राज गिरीको निर्देशन रहेको बहु चर्चित हास्य टेली चलचित्र तितो सत्यमा नेपाल प्रहरीको भूमिकामा प्रवेश गरेपछि कलाकारीता क्षेत्रमा ठूलै फड्को मारेको कुरा स्वयम् बिनोद केसी बताउँछन् ।

तत् पश्चात् जिरे खुर्सानीमा, मेरी बास्सै जस्ता हस्य टेली चलचित्रहरुमा अभिनय गर्दा हास्यकलाकार शिवहरी पौडेल, जितु नेपाल, दमन रुपाखेती, केदार घिमिरे जस्ता निर्देशकहरुसँग काम गर्दाको समय छुट्टै रमाइलो भएको पनि केसीले बताए ।

हुन त कलाकारिता क्षेत्रमा प्रवेश भएको केही महिनामै अर्थात २०६० साल देखिनै नेपाल गुणस्तर तथा नापतौल विभागको बृत्तचित्र निर्देशन सुरु गरेका केसीले हालसम्म विभिन्न विषयको करिब १ हजार ९ सय ८५ वटा बृत्तचित्र र ५० वटा टेली विज्ञापन निर्देशन गर्नुका साथै केही दिन अघि मात्र SGF युट्युब च्यानलबाट रिलिज भएको काठमाडौं महानगरपालिकाको लागि तयार पारिएको बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, सुनिल थापा, यमन श्रेष्ठ जस्ता चर्चित कलाकारहरुले अभिनय गरेका झिंगु काठमाडौं बोलको गीतबाट म्युजिक भिडियो निर्देशनमा हात हालेका हुन् ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा निर्देशित आमा चलचित्रमा अभिनय गरेका बिनोद केसी झिंगु काठमाडौंमा बरिष्ठ कलाकारहरुलाई नै निर्देशन गर्नु पर्दा जिब्रो केही मात्रामा लर्बराएको रिपोर्ट नेपाललाई बताए ।

त्यसैगरी घटस्थापनाको दिन पारेर आजै आफ्नै रचनामा तयार पारिएको पिउने बानी बोलको गीत SGF युट्युब च्यानलबाट रिलिज गरेका छन् । केसीकै निर्माण तथा निर्देशन रहेको उक्त गीतमा लक्की सिटौलाको स्वर र संगित रहेको छ भने कलाकार महेन्द्र गौतम, दिपासा बिसी, दिनेश दुलाल, रिश्वन अर्याल रहेका छन् । त्यस्तै अतिथि कलाकारको भूमिकामा शम्भु श्रेष्ठ र कृष्ण प्रसाद राजवंशी रहेका छन् । सो म्युजिक भिडियो करण चैसिरले छायांकन गरेका हुन् भने सम्पादन राजकुमार राईले गरेका हुन् । त्यस्तै सहायक निर्देशन अमर सुनारले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.