बिना निष्कर्ष सकियो बालुवाटारको वार्ता

रिपोर्ट नेपाल | 2020 Jul 05 | 02:47 pm 92

काठमाडौं, असार २१ः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ।

१२ बजे बालुवाटार प्रवेश गरेका दाहाल ओलीसँगको छलफलपछि १ बजेर ५० मिनेटमा बालुवाटारबाट बाहिरिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पारेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब छ। पार्टी राजीनामाको चर्को दबाब आउन थालेपछि प्रधानमन्त्री ओली समस्यामा रहेका ओली राष्ट्रपतिसँग तीव्र परामर्शमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.