बाल यौन दुराचारको आरोपमा एक अष्ट्रेलियन नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 05 | 06:16 pm 99

काठमाडौं, फागुन २२: बाल यौन दुराचारमा संलग्न भएको आरोपमा एक अष्ट्रेलियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अष्ट्रेलियाको मेल्वर्न घर भई हाल गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा बस्दै आएका ५८ वर्षीय गोन्दुक रिम्पोछे रहेका छन् ।

उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

पक्राउ परेका उनी आरुबारीमा रहेको कदम्बा बौद्ध प्रतिष्ठानमा प्रमुखका रुपमा कार्यरत थिए । उनले १५ वर्षका बालकलाई अप्राकृतिक सम्बन्ध राखेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उनलाई शुक्रबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने सिंहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.