बालुवामा गाडेको अवस्थामा एक महिलाको शव फेला

| 2020 Oct 14 | 04:25 pm 84

कञ्चनपुर, असोज २७ः बालुवामा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । फेला पर्नेमा शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया कलावती खुना रहेका छन् ।

उनको शव सनवोरा (गौडी) खोलाको डिलमा बालुवामा गाडेको अवस्थामा बुधबार फेला परेको हो । उनी मङ्गलबार खोलामा माछा मार्न गएकी थिईन् ।

राति घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले जानकारी दिए ।

उनीसँगै माछा मार्न गएका उनका देवर अन्दाजी २६ वर्षीय मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.