बालुवाटारमा निर्वाचन तयारी समितिको बैठक जारि

| 2022 Apr 10 | 06:15 pm 397

काठमाडौँ चैत २७ : जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण गर्न पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ। चैत २२ मा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने नेताहरुले बताएका छन् । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने बताइएको छ। जिल्ला र स्थानीय तहमा भएको दलगत स्थिति बारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा गठबन्धनमा आवद्ध पाँच दलका दुई-दुई जना प्रतिनिधि छन् । समितिले दलहरुको देशभरको अवस्थाको मूल्यांकन गरि गठबन्धनका शीर्ष नेतालाई सिट तालमेलको मोडालिट पेश गर्ने कार्यादेश पाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.